Rule 7
विद्यालय खोल्न स्वीकृति प्रदान गर्ने
(१) नियम ५ को उपनियम (१) वा (३) बमोजिम अनुमति प्राप्त प्राथमिक, निम्न माध्यामिक तथा माध्यामिक विद्यालयले स्वीकृतिको लागि अनुसूची–६ बमोजिमको ढाँचामा जिल्ला शिक्षा अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा जिल्ला शिक्षा अधिकारीले निरीक्षक वा अन्य अधिकृतद्वारा विद्यालयको जाँचबुझ गराउनु  पर्नेछ ।
(३) उपनियम (२) बमोजिम जाँचबुझ सम्बन्धी प्रतिवेदन प्राप्त भएपछि जिल्ला शिक्षा अधिकारीले निवेदन साथ प्राप्त कागजात जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा त्यस्तो विद्यालयले नियम ६ बमोजिमको शर्त पूरा गरेको देखिएमा जिल्ला शिक्षा समितिको स्वीकृति लिई प्राथमिक विद्यालय र निम्न माध्यमिक विद्यालयको हकमा अनुसूची–७ बमोजिमको ढाँचामा आफैले स्वीकृति दिनेछ र माध्यमिक विद्यालयको हकमा जिल्ला शिक्षा समितिको राय सहित प्राप्त निवेदन निर्देशक समक्ष पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्राप्त निवेदन सहितको कागजात जाँचबुझ गर्दा अनुमति प्राप्त विद्यालयले नियम ६ बमोजिमको शर्त पूरा गरेको देखिएमा निर्देशकले त्यस्तो विद्यालयलाई अनुसूची–७ बमोजिमको ढा“चामा स्वीकृति प्रदान गर्नेछ ।
(५) नियम ५ को उपनियम (४) बमोजिम अनुमति प्राप्त पूर्व प्राथमिक विद्यालयले स्वीकृतिको लागि अनुसूची–८ बमोजिमको ढाँचामा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका समक्ष निवेदन दिनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम प्राप्त निवेदन जा“चबुझ गर्दा त्यस्तो विद्यालयले नियम ६ बमोजिमको शर्त पूरा गरेको देखिएमा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाले त्यस्तो विद्यालयलाई अनुसूची–९ बमोजिमको ढाँचामा स्वीकृति प्रदान गर्नेछ ।
(७) यस नियमावली बमोजिम पूर्व प्राथमिक विद्यालयको अनुमति वा स्वीकृति दिएको तीस दिनभित्र सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाले सोको जानकारी जिल्ला शिक्षा कार्यालयमा पठाउनु पर्नेछ ।